Saturday Jan 22, 2022
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

जनता सुदर्शन मा.बिमा निर्मित भवनको मन्त्री लम्सालद्वारा उद्घाटन

Spread the love

आदर्श खबर, पर्बत : पर्बत जिल्ला कुस्मा नगरपालिका १२ ठुलिपोखरीको जनता सुदर्शन मा. बिमा निर्मित ४ कोठे भवन को उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्री बिकास लम्साल द्वारा उट्घाटन भएको छ।

राष्ट्रीय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पर्बत(शिक्षा) द्वारा निर्मित भवनको मन्त्री लम्साल ले उद्घाटन गर्नु भएको हो। भवन उद्घाटनको क्रममा बोल्दै मन्त्री लम्सालले जनता सुदर्शन मा बि पर्बत जिल्लाको शैक्षिक केन्द्रको रुपमा परिचित ठाउँ भएको स्मरण गर्दै बिद्यालयको पुरानो साख सङ्गै त्यसलाई थप उचाईमा पुर्याउनको लागी लागि पर्न सम्बन्धित सबैलाई आग्रह गर्नु भएको छ। जनता सुदर्शन मा बि शिक्षाको क्षेत्रमा जसरि स्थापित छ त्यसलाई कायम गरि जिल्लाको आदर्श र नमुना बिद्यालय बन्नु पर्नेमा जोड दिँदै मन्त्री लम्सालले त्यसका लागी आफ्नो साथ रसहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

मन्त्री लम्सालले अबको शिक्षा प्रतिस्पर्धि र स्वरोजगारमुखि हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भएको भन्ने आरोप लाग्न थालेको भन्दै मन्त्री लम्सालले अब गाउँ गाउँमा रहेका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा आवसिय विद्यालय निर्माण गर्ने योजनामा प्रदेश सरकार लागिपरेको पनि बताउनुभयो ।

कार्यक्रममा पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई (शिक्षा)का कार्यालय प्रमुख युक्तप्रसाद शर्मा, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने लगायले जिल्लामा शैक्षिक पूर्वाधाहरुको पुर्ननिर्माणको अवस्थाका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटि सचिब सुदिप कुँवर, मेघनाथ सुवेदी, केशव कुँवर, नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी, मन रुपा सुबेदि, कुस्मा १२ का वडा अध्यक्ष राजेन्द्र पौडेल, नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा लगायतको उपस्थिति रहेको थियो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजेश्वर सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक मेघनाथ आचार्य र संचालन शिक्षक आनन्द रिमालले गर्नु भएको थियो।

Facebook Comments