Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सल्यानमा जीप दुर्घटना : दुईजनाको मृत्यु, आठ घाइते

Spread the love

सल्यान :  जिल्लाको बडागाउँ नजिकै जीप दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ।

उनीहरुको अञ्‍चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घाइते हुने सबै त्रिवेणी गाउँपालिका- ४ फालाबाँगका स्थानीय हुन्। घाइतेको उपचार अञ्‍चल अस्पताल तुल्सीपुरमा भइरहेको छ। चालकको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Facebook Comments