Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

निदानमा ‘मृगौला तस्करी’ प्रकरण : सिइओसहित ५ जना जेल चलान

Spread the love

काठमाडौं : नक्कली व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेका निदान अस्पतालका सिइओ र चिकित्सक सहित ५ जनालाई जेल चलान गरिएको छ ।

बिरामीको भान्जा भनेर नातानै नपर्ने व्यक्तिको मृर्गौला खरिद–बिक्र्रीे गरेको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ५ जनालाइ पक्राउ गरेको थियो ।

ब्युरोका प्रवक्ता गोविन्द थपलियाका अनुसार हाल ५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, चिकित्सक. राजेश पन्त, कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गाैला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो ।

लामाबाहेक पक्राउ परेका अन्य चारजना मृगौला प्रत्यारोपणमा कागजपत्र प्रमाणीकरण गर्ने कानून समितिका व्यक्ति हुन् । दोषी ठहर भएमा १० वर्षसम्म कैद र २ देखि ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Facebook Comments