Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पाँचथरमा टिपर दुर्घटना, दुइको मृत्यु

Spread the love

इन्द्र नेपाली, तेह्रथुम : निर्माणाधिन मध्य पहाडी लोकमार्गको पाँचथर स्थित हिलिहाङ गाँउ पालिकामा टिपर दुर्घटना हुँदा २ जनाको घट्ना स्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा धादिङ घर भएका चालक विनोद तामाङ र पाँचथरकै हिलिहाङ गाँउ पालिका २ घर भएका मजदुर भिम तामाङ छन ।

निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गरेर फर्कदै गरेको बा २ क २९२० नम्वरको टिफर मंगलवार साँझ ८ वजे हिलिहाङ ४ हवल्दार चोक नजिकैवाट १ सय मिटर तल खसेको थियो ।

टिफर खस्ने क्रममा ढुंगामा ठोक्किएर जल्दा चालक विनोद तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतकहरुको पोष्टमार्टका लागि पाँचथर अस्पताल ल्याइएको छ । भने घट्नावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments