Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

बंगलादेशमा दुईवटा रेल ठोक्किए : १५ को मृत्यु कयौं घाइते

Spread the love

एजेन्सी : बंगलादेशमा मंगलबार विहान दुई रेल आपसमा ठक्कर खाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । सोही घटनामा परी दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ ।

मंगलबार विहान करिब ३ः०० बजेको समयमा उक्त दुर्घटना भएको बताइएको छ । बंगलादेशको ब्राह्मणबरिया जिल्लामा यो घटना भएको हो ।

उदय एक्सप्रेसको रेल प्लेटफर्मतर्फ बढ्दैगर्दा अर्काे रेलसँग ठोक्किएको अधिकारीहरुले बताएका छन् । त्यहाँका प्रहरी अधिकारीले घटनामा १५ जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले बताएका छन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ । स्थानीय सरकारका प्रवक्ताले घटनामा ४० जना घाइते भएको बताएका छन् । उता समाचार संस्थाहरुले भने झण्डै १०० जना घाइते भएको उल्लेख गरेका छन् ।

Facebook Comments