Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

आतंक मच्चाउँदै ‘बुलबुल’ : २० जनाको मृत्यु

Spread the love

एजेन्सी : बुलबुल नामको चक्रवातले भारतको अलावा बंगलादेशमा पनि ठूलो क्षति पुर्याएको छ । उक्त चक्रवातका कारण हालसम्म कम्तिमा २० जनाको मृत्यु भएको मिडियाहरुले समाचार प्रकाशित गरेका छन् ।

चक्रवातका कारण भारतस्थित पश्चिम बंगालमा १० जनाको मृत्यु भएको छ भने बंगलादेशमा पनि १० जनाले सोही कारण ज्यान गुमाएका छन् ।

अधिकारीहरुले पश्चिम बंगालको मौसम विस्तारै सफा हुँदै गएको बताएका छन् । यसअघि तीव्र गतिको हावा र वर्षाका कारण तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त भएको थियो । चक्रवातका कारण भारतमा मात्र करिब ९ लाख मानिसहरु प्रभावित भएको तथा हजारौं घरमा क्षति पुगेको समाचारमा जनाइएको छ ।

उता बंगलादेशमा पनि तीव्र गतिको हावासँगै आएको वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । जसका कारण त्यहाँ १० जनाको मृत्यु भएको समाचार आइरहेका छन् । यद्यपी अधिकारीहरुले भने आठजनाको मात्र मृत्यु भएको पुष्टि गरेका छन् । बंगलादेशमा मात्र करिब २१ लाख मानिस चक्रवातका कारण प्रभावित भएका छन् ।

Facebook Comments