Thursday Jan 20, 2022
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पुर्बी ताप्लेजुङको सुकेटार विमानस्थलमा ‘वाइ ट्विबेल जहाज’को सफल परिक्षण उडान

Spread the love

इन्द्र नेपाली, तेह्रथुम

नेपाल वायु सेवा निगमले ताप्लेजुङको सुकेटार विमानस्थलमा ‘वाइ ट्विबेल जहाज’ को आज परिक्षण उडान गरेको छ । केहि वर्ष अघि चिनवाट ल्याइएको जहाजको आज विहान ८.२० वजे विमानस्थलमा अवतरण गरिएको हो । परिक्षण उडान भएकाले जहाजमा चालक दलका सदस्य मात्रै रहेको प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले बताउनु भयो । सुकेटार टावरका अनुसार परिक्षण सफल भएको छ । जहाज पूर्ववत दिसावाटै सरासर आएर बसेको टावरले जनाएको छ । अवतरणपनि सफल भएको थियो ।

अवतरण पश्चात ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभराको परिक्रमा गरेर जाने भनेर जहाजका चालकले त्यही दिसावाट फर्काएर लगेका छन । परिक्षण उडान सफल भएसँगै अव नया जहाजले पनि उडान गर्ने अपेक्षा गरिएको छ । यो जहाजमा १६ वटा सिट हुन्छ । ताप्लेजुङ काठमाण्डौं यसअघि उडान हुँदै आएको ट्विनेटर जहाजको तुलनामा भने यो कम सिट हो । ट्विनेटरमा १८ सिट हुन्छ । तर ट्विनेटर जहाज नेपालमा दुइ वटा मात्रै रहेको छ । चिनवाट ल्याइएको यो जहाज अहिलेसम्म तराइमा मात्रै उडान हुदै आएको थियो ।

Facebook Comments