पेट्रोलियम पदार्थको मूल्य बृद्धिप्रति जागौं नेपाल र उपभोक्ता मञ्च गण्डकीको चासो

आदर्श खबर, पोखरा : नेपाल सरकारले पटक पटक गर्दै आईरहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिप्रति जागौं नेपाल राष्ट्रिय अभियान र उपभोक्ता मञ्च गण्डकी प्रदेशले संयुक्त रुपमा चासो देखाएका छन। २०७३ माघमा नेपाल सरकार स्वयमले गरेको निति गत निर्णय बिरुद्ध अहिले मूल्य बृद्धि भएको कुरा उपभोक्ता मञ्च का अध्यक्ष कपिल नाथ कोइरालाले बताउनु भयो। उहाँका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दा १५ दिनमा मात्र गर्नु पर्नेमा एक हप्तामा २ पटक गर्नु आफैमा गलत रहेको हुदा तत्काल मूल्य घटाउन र सरकारको आफ्नै निर्णय पालना गरि अटो प्राईसिङ सिस्टम लागु गर्न जिल्ला प्रसाशन कास्की मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन।
जुन ज्ञापन पत्र यस प्रकार छ।

Facebook Comments