Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पुर्व जनमुक्ति सेनाको चेतावनी : भन्छन प्रतिगमन विरुद्ध हतियार सहितको प्रतिकारमा उत्रनुको बिकल्प छैन

Spread the love

फेरी पनि प्रतिगमनका बिरुद्द लड्नु छ । आफै लडेर ल्याएको जनयुद्द्को उपलब्धि संघिय लोकतान्त्रिक गणतन्त्र बचाउनु छ , समाजवादी क्रान्तिको जग बसाल्नु छ । तसर्थ महान जनयुद्द्को गौरवपुर्ण इतिहास र बर्तमानका उपलब्धि प्रति गौरव गरौ । जनयुद्द्को रजत जयन्तिको अवसरमा विस्वभर छरीएर रहेका क्रान्तिकारी हरुमा हार्दिक शुभकामना ।

बि:स्ं २०५२ साल फागुन १ गते मंलवार ( अथार्त १३ फेब्रुवरी १९९६ ) मा तत्कालीन नेकपा माओवादी ले सामन्ति सत्ताको अन्त्य र जनवादी सत्ताको स्थापना गर्ने भन्दै जनयुद्द्को घोषणा गर्यो । १० बर्ष लामो सशस्त्र जनयुद्द्मा करीब १७००० नगरीकको ज्यान गयो । १७००० नागरीक मध्य १३००० भन्दा बडि नागरीक को ज्यान राज्य पक्ष तर्फ बाट गएको थियो ।

जनयुद्द दिवसको अवसरमा पुर्व जनमुक्ति सेनाका कमाण्डर , पुर्व लडाकु सफल तिवारी भन्छ्न :- संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर देश समृद्धिको बाटो तर्फ लाग्दा फेरी सर्वसत्तावाद र फासिवादको उदय भएको छ । आफ्नो कुर्चि र सत्ता टिकाइ राख्नका निम्ति नव सामन्तवाद देशमा फेरी मौलाउन थालेका छन । खड्क प्रसाद ओलि जस्ता सामन्ति सासक हरुको फेरी उदय भएको छ , लोकतान्त्रिक देशमा यस्ता तानसाह हरु को उदय हुनु भनेको देश फेरी एक पटक अफ्ट्यारोमा पर्नु हो , यस्ता प्रतिगमनका मतिहार हरुलाइ सडकमा ल्याइ जनताको कठघरामा उभ्याउन फेरी एक पटक संघर्षको मैदानमा होमिनु पर्ने भएको छ भन्दै आवस्यक परे र देश ले मागे फेरी हतियार उठाउन सक्ने चेतावनि उनले दीएका छ्न ।

Facebook Comments