धामीलाइ थुन्ने कानुन बनेपछी सरकारलाइ पुग्यो!

गजल यदी सुनाए भने, बाबुको जिन्दगीको पनी भर छैन ।
यो आमा मरेको खबर हो, आजसम्म खबर छैन ।।
आफुलाइ जलाएपछि मात्र हो, उ जल्ने भनेको ।
उसको छातीमा बसेर जल्ने, मलाइ अबसर छैन ।।
आमालाइ बेरंगी देखेपछी न हो, रंग चिन्न थालेको ।
राता बटुवाहरूमा आजकल बच्चाको नजर छैन ।।
धामीलाइ थुन्ने कानुन बनेपछी सरकारलाइ पुग्यो।
बिकट बस्तीमा डाक्टरसम्म पठाउने रहर छैन ।।
✍️निर्मल गौतम
पर्वत
Facebook Comments