Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

म नेता हो, प्यारी च्यात्तिएको सारी नलगाउ है!

Spread the love

म नेता हो,
प्यारी च्यात्तिएको सारी नलगाउ है !
हो प्यारि म नेता हो । म युवा नेता हो । मलाइ मेरो प्यारो भाइ भनेर माया गरि बोलाउने मेरा अग्रज पार्टीकाका नेताहरु हुनुहुन्छ । मलाइ केहि भयो भने बचाउने सघाउने उहाँहरु नै हो प्यारि म सानोतिनो नेता होइन नि,प्यारि मेरो ठुलै पउच छ बुझेउ अब देखि नुन तेल ल्याउने पैसा नमाग्नु है ,म कार्यक्रममा जानु छ बरु दुइचार हजार देउ न चिया खुवाउनुपर्छ भाइहरुलाइ , तिमी ढुक्क भएर बस है प्यारि म नेता हो तिम्रो छुट्टै इज्जत हुन्छ ।


प्यारि किचकिच नगर न फलानोको बुढो जापान अस्टेलिया छ पैसा कमायो घर बनायो भनेर हेर उ र म मा फरक ,कति छ म फलानो केन्द्रीय नेतासङग हिड्छु उहाँ सँगै खान्छु उहाँकै गाडिमा कार्यक्रममा जान्छु अनि मलाइ आशन ग्रहण हुन्छ भाषण दिन्छु हेर त मेरो इज्जत ,सबले नमस्कार गर्छन ।


प्यारी त्यो च्यात्तिएको सारी नलगाउ है!
म त नेता हो
प्यारि चामल छैन नभन है इज्जत जान्छ बरु पल्लो घर मागेर ल्याउ न म भनेसि डराउछन दिन्छन पछि तिरौला नि हाम्रो पार्टीकाले जितेसि सब ठिक हुन्छ । अहिले मिलाउ है म त आज मिटिङमा जान्छु उतै खान्छु होला ,आमालाइ मिठो मिठो बनाएर राम्रो कपडा लगाइदिनु है सब म मिलाउछु केहि महिनामा ,पख न हाम्रो पार्टिले जित्न देउ अनि त मेरो चल्छ के ,अबको उमेदवार मेरो फलानो दाइ हो ।


प्यारि पल्लाघरे कान्छिले सुन लगाएर तिम्रो मन किन खिन्न म त नेता हो प्यारि सुनको कुरा नगर हामि त समाज बनाउने समाजवादी नेता हो बुझेउ केरे प्यारि साहुले पैसा माग्यो रे, पख है म फलानो दाइलाइ भनेर थप १ बर्षपछि तिर्ने बनाइदिन्छु तिमि पिर नगर मेरो पउच ठुलै छ । बरु खाना पस्क न आज ठुलो आमशभा छ मलाइ ढिलो भसक्यो । फलानो नेता आउदै हुनुहुन्छ प्यारी आज त ,त्यो अस्तिको झण्डा झिक्देउ है म रेडि हुन्छु ।


छोराको फिस तिर्नेबेला आयो रे! ल ल चिन्ता नगर मेरो फलानो नेता त्यो स्कुलको अध्यक्ष हो हामि गरिब छौ सबलाइ थाहा छ म असायमा फि मिनाह गर्न लगाउछु किन चिन्ता गर्छौ मेरो चल्छ प्यारि म नेता हो । आमालाइ सारि फलानो पसलमा उधारो भनेको छु पार्टीकै दाइ हुन गएर ल्याउनु ,फलानो नेता ठुलै ठेक्दार हो उस्को बजारमा घर छ केहि महिना कोठामा बस भन्नुभाछ छोराछोरी तेहि बसेर पढाउनुपर्छ प्यारी
म नेता हो

प्यारी त्यो च्यात्तिएको सारी नलगाउ है!

आज घरमा काम छ भनेर नरिसाउ तिमि सबै काम गरिहाल्छौ नि म त आज बिरोध र्यालिमा जानुछ ,घरमा सबै मिलाउ है धेरै बोलेउ भने म डिभोर्स दिन्छु फेरि एक रुपैया तिर्नु पर्दैन मैले महिला अधिकार त हामिले लेखेको शब्द मात्रै हो थाहा छ नि मेरो ठुलै पउच छ ।
म त फलनो नेताको खल्तिको मान्छे हु मेरो सबै चल्छ

त्यो च्यात्तिएको सारी नलगाउ प्यारी
म नेता हो ।
सरोज खनाल, पर्वत हाल पोखरा

Facebook Comments