लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं : लोक सेवा आयोगले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
Facebook Comments