Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

संसद विघटनको ब्यबस्था संविधानमा छैन : अधिवक्ता थापा

Spread the love

सबिता शर्मा (आदर्श खबर), पोखरा : नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा अधिवक्ता सुरेन्द्र थापा मगरले संसद विघटनको ब्यबस्था संविधानमा नभएको बताएका छ्न। प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रमुख बक्ताको रुपम बोल्दै अधिवक्ता थापाले प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको जुन धारा कोडिङ गरेर संसद भङ्ग गर्नु भयो त्यो कुरा संविधानमा नभएको प्रष्ट पारेका छन। संसद विघटन असवैंघानिक, आराजनितिक, र कानुनि निर्णय नभएको थापा बताउछन। प्रधानमन्त्रीले बिभिन्न निकायहरु छल्दै चोर बाटो मार्फत के लेखेर लिएर आउनुहुन्छ र सदर गरौला भनेर बस्ने काम राष्ट्रपतिको नभएको भन्दै रास्ट्रपतिले संविधानको मर्म अनुसार काम गर्दै संविधानको रक्षा गर्नु प्रमुख कर्तब्य हो, थापाले भनेका छन।

तथ्य हिनताको आधारमा संबिधान मिच्ने अधिकार कोहि कसैलाई छैन अधिबक्ता थापाको भनाई छ। “संविधानमा के कस्तो ब्यबस्था छ भनेर समान्य लेख पढ गर्न सक्ने नागरिकले पनि बुझ्न र पढ्न सक्छ त्यसको लागि हरेक नागरिकको हातमा संविधानको किताब हुन जरुरी छ”, अधिवक्ता थापा भन्छन। राजनितिक बिवादका कारण जनप्रतिनिधिहरुको निकाय नै ध्वस्त बनाएर नागरिक को हक अधिकारको कसरी सुनिश्चितहुन्छ ?थापाको प्रश्न थियो। त्यस्तै थापाले नागरिकको लागि बोल्ने संस्था नेपालमा २ वटा मात्र भएको जिकिर गरेका छन।

उनले नेपाल बार एशोसिएशन र नेपाल पत्रकार महासंघले मात्र नगरिकका लागि आवाज उठाउने गरेको बताए। तसर्थ पत्रकारहरु पनि संविधानलाई पुर्ण रुपमा अध्यन गरेर संविधानले गरेका ब्यबस्थाहरुको बारेमा नागरिकलाई जानकारी गराउनु पर्ने कुरामा थापाको जोड छ।” प्रत्येक संघ संस्थाले आफ्नो पक्षमा ओकालत गर्छन तर नेपालका २ वटा संस्थाले मात्र आम नागरिकको, सविधानको, मानवाधिकारको, बिधिको पक्षमा बोल्छन”, अधिबक्ता थापाको भनाई छ। सद विघटनको जतातै बिरोध भैइरहदा पक्ष र बिपक्ष भन्दा पनि संविधान संवत कुरा गरेर सहि सूचना प्रबाह गर्न समेत अधिवक्ता थापाले सबैलाई आग्रह गरेका छन।

त्यस्तै भेटघाट कार्यक्रममा बरिष्ठ अधिबक्ता तथा पत्रकार तिलक आचार्य, बरिष्ठ पत्रकार कोमलनाथ बराल, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रीभुवन पौडेल, प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष नवराज सुबेदि, प्रेस चौतारी कास्कीका सस्थापक राजु भण्डारी लगायतले संसद बिघटन प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम भएको जिकिर गरेका छ्न।कार्यक्रमको संचालन प्रेस संगठन नेपाल कास्कीका सहसंयोजक सन्देश श्रेष्ठले गरेका थिए।

Facebook Comments