Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

“सम्माननिय प्रधानमन्त्री समक्ष अनुरोध”

Spread the love
No description available.

सम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओली ज्यू आबश्यकता र औचित्यका आधारमा होला भर्खरै अर्थमन्त्रीबाट बिदा बिदा हुनु भएका डा. युवराज खतिवडा पुन: प्रधानमन्त्रीका आर्थिक सल्लाहाकारमा नियुक्ति हुनु भएछ।

तपाईलाई अवगत नै छ होला हिजो १८ घण्टा लोड्सेडिङ देशले खेपिरहेको र बिद्युत प्राधिकरण घाटामा चलिरहेको त्यो दुर्दर्शाको बेलामा बिद्युत प्राधिकरणको कार्यकारीमा कुलमान घिसिङको आगमन सँगै क्रमश: लोड्सेडिङ मुक्त साथै प्राधिकरण माफान्मुख यो सुनौलो अबस्थामा आउनु पक्कै पनि कुलमानको कार्यसम्पादनको देन हो।यि विबिध अबस्थाको आवश्यकता र औचित्यले पुन्: एक कार्यकाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ मागिरहेको छ।

त्यसैले आवश्यकता र औचित्यलाई गम्भिर रुपमा मनन गरि यस कार्यमा सरकारको कार्यकारी प्रमुखको जिम्मेवारीले सम्माननिय प्रधानमन्त्री प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्दछु।

अनुरोधक : अर्जुन क्षेत्री स्याङ्जा

Facebook Comments