Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पर्वतमा विद्युतको पोलबाट खसेर सुबेदिको मृत्यु

Spread the love

२९ भदौ, पर्वत । विद्युत मर्मतको क्रममा पोलबाट खस्दा पर्वतको विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पोलबाट खसेर विद्युत कर्मचारी भोलाराम शर्माको मृत्यु भएको हो ।

कुश्मा नगरपालिका वडा न ७ खरेहामा विद्युतको पोलमा चढेका उनी एक्कासी पोलबाट खसेका थिए । ३५ बर्षका शर्मालाई उपचारका लागि पर्वत अस्पतालमा मृत घोषणा गरिएको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिए । सुवेदी बागलुङ नगरपालिका वडा न १ रामरेखा निवासी हुन् ।

उनी कार्यालय विद्यु्त इलेक्ट्रीसियन तेस्रो तहमा कार्यरत थिए 

Facebook Comments