Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

साहित्यप्रेमी के.पि “मुस्कान”का पाँच मुक्तक

Spread the love

पाँच मुक्तक

सानो-ठुलो, गरिब धनी भन्दैन कोरोनाले।
सोझो साझा लाटो बाठो गन्दैन कोरोनाले।।
साबुनपानीले हात धोवौं लगाउँ सेनिटाइजर।
बालक वृद्ध बलियो बाङो भन्दैन कोरोनाले।।

प्यारी तिमी यसै गरि सताइ राख है।
तिम्रै हु म तिमी नै हक जताइ राख है।।
दुख पिडा हासो रोदन सङै बसि कटाउला।
आफ्नो मनमा भको कुरा बताइ राख है ।।


कसैको म्यासेज कुरेर बस्नुको मज्जा बेग्लै छ ।
सम्झदा उनैलाइ आँसु खस्नुको मज्जा बेग्लै छ।।
एकतर्फी माया भन्नू नै यहि होला सायद।
यस्तो माया जालमा फस्नुको मज्जा बेग्लै छ।।


मानो रोपि मुरि अन्न फलाउन गाह्रो भयो।
बाउबाजेको त्यो सम्पती चलाउन गाह्रो भयो।।
रगत र पसिनाले सिन्चेको त्यो सम्पती माथी।
दुई/चार लाख हातमा राखी चलाउन गाह्रो भयो।।


दुख सुख, हाँसो रोदनमा जिउन जानेको छु।
मुस्कान देखाइ आँसुलाई पिउन जानेको छु ।।
जिन्दगीको गोरेटोमा बाधा अड्चन आय पनि
फाट्यो मन च्यातियो धड्कन सिउन जानेको छु।।


के.पि “मुस्कान”
मालारानी गाउँपालिका, ४ अर्घाखाँची
हाल सुन्धारा, काठमाडौं

Facebook Comments