Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सेवा र सत्य निष्ठा

Spread the love

न त घर छ बस्न लाई ,
न त साथी सन्तति छ ।
सेवा र सत्य निष्ठा,
शालीन पद्धति छ ।।
दुखी रहेको घाउ,
सुदूरको कुनामा ।
पुगि मल्हम लगायो,
खाइ सुख्खा दुनामा ।।
युगको धन्वन्तरी हो,
त्यो स्वास्थ्य सन्त के।सी। ।
खै राज्यले बुझेको,
उल्टै हकार्छ सेखी ।।
सब लाइ स्वास्थ्य सस्तो,
उपचार मिल्नु पर्छ ।
गोबिन्द केसि जस्तो,
हर बैध्य बन्नु पर्छ ।।
त्यागेर अन्न पानी ,
सुख स्वार्थ बिर्सिएर ।
जन स्वास्थ्यको निमित्तै,
जिउ ज्यान सुम्पिएर ।।
वर्षादको झरीमा,
भिजेर बाढी तर्दै ।
जो गर्छ स्वास्थ्य सेवा,
गाउँ र बस्ती छिर्दै ।।
न त भन्छ पार्टी वाद,
न त गर्छ क्वै विभेद ।
आफ्नै समान ठान्छ,
रोगी दुखी हरेक ।।
आला र एक झोला,
धन त्यै पवित्र मन छ ।
त्यो कर्म योगि लाई,
हाम्रो सदा नमन छ ।।

अधिबक्ता जगत जोशी, काठमाडौं

Facebook Comments