Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

कोरोनाले रोजि रोटि चल्न, छाडेको छ!

Spread the love

कोरोना विषेश
कोरोनाले रोजि रोटि चल्न, छाडेको छ ।
बिहान साझ घरमा चुल्हो जल्न, छाडेको छ ।।
प्रकृति नि कस्तो बन्यो पिडा माथी पिडा थप्न्ने ।
खेत बारिमा अन्न बाली फल्न ,छाडेको छ ।।
पिठ्युँमा चिच्याई दिदा भोकले वालबच्चा ।
कस्यौडिमा एक छाक आटो गल्न, छाडेको छ ।।
कति दिन चल्दै जान्छ कोरोनाको कहर अझै ।
साझ घरमा दियो आज बल्न, छाडेको छ ।।

नवराज खनाल
मालारानी गाउँपालिका
अर्घाखाँचि

Facebook Comments