Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पन्चमी नुहाउदै गर्दा २४ बर्षकि गौतमलाई खोलाले बगायो

Spread the love

कास्की, ७ भदाै । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिएका छन् । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।

खोलाले बगाएपछि स्थानीयवासीले खोजतलास गर्ने क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी ७०० मिटर तल नदी किनारमा फेला परेको थियो । घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments