Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

तिम्रो साथ, तिम्रो माया!

Spread the love

भावना
भाग्यमानी छु म
तिम्रो साथ
तिम्रो माया
अनि तिम्रो सान्त्वनाले
एकैपटकमा
यसरी डेरा जमाएको हो
यो मन भित्र
तिमिले कल्पनासम्म पनि गर्न सक्तैनौ
केही नबोलेरै पनि धेरै कुरा बुझ्ने
नम्र बोली अनि मीठो मुस्कानले
मलाई मोहित बनाएको त्यो पल
आजसम्मको साथी बनेको छ
मेरो जिन्दगिको र जिवन्त
बन्नेछ
त्यसैले भाग्यमानी छु म
होलान् हजार अबगुण तिमिमा
मलाई मतलब भएन
बस एकै गुण काफी भैदिन्छ
जिन्दगीभरी सम्झन
र जिन्दगीभरी माया गर्न
न तिमिले रोक्न सक्छौ
न छुटाउन सक्छौ
यहि एक गुण छ तिम्रो मसँग
त्यसैले भाग्यमानी छु म
देखेहुँला कयौं सपनाहरु
तिमिसँगै बस्ने, हाँस्ने, खेल्ने
नहोला पूरा केही भएन
तिम्रो खुसीमा

आफुलाइ खुशी राख्न सक्ने खुबी
तिमी बाट प्रेरित भएको छ
अब जुन सुकै कठिन परिस्थितिमा पनि
आफुलाइ खुशी राख्न सक्ने क्षमता छ
मसँग
त्यसैले भाग्यमानी छु म
सात जुनिसम्म सँगै ज्युने सँगै मर्ने
कसम खाएर छुट्नेहरुको भिडमा
बिना कसम बिना स्वार्थ
पाएको त्यो माया
जिवनसाथी बन्न नसकेपनी
म तिम्रै हुँ भन्ने आभास
यो मनमा हरपल भैरहने छ
सायदै यस्तो चोखो अनि निश्चल माया
पाउने अरु कोहि नहोला
छ मसँग तिम्रो त्यो निश्चल मनले गरेको माया
त्यसैले भाग्यमानी छु म
भाग्यमानी छु म

प्रभा ढुंगाना

Facebook Comments