Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

निषेधाज्ञाकाबीच ट्रकमा आगलागी

Spread the love

हेटौँडा औद्योगिक क्षेत्रभित्र रोकिराखेको २ वटा मालवाहक ट्रकमा आगलागी भएको छ । औद्योगिक क्षेत्रको भ्याली पेलेट दाना उद्योग अगाडि राखेका २ वटा ट्रकमा आज शुक्रबार बिहानी आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

ट्रकको चालक क्याबिनमा सानो ग्यासको सिलिण्डर बालेर खाना पकाउने क्रममा आगलागी भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मकै लोड गरिराखेको ना ५ ख ६५०३ र ना ६ ख ७८२६ नम्बरको ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको रानाले बताए ।

आगजनीबाट दुवै ट्रकमा क्षति पुगेको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरीलगायतकाको प्रयासमा ट्रकमा लागेको आगो नियन्त्रणमा लिइएको थियो ।

Facebook Comments