Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

आँसु(कविता)

Spread the love

कविता

यी मेरा आँखाहरु कहिल्यै थाकेनन्
मैले बर्षौ देखि
यिनै आँखाका पानीहरु
पुछिरहेकी छु ।
एकपटक पुछेपछी
फेरि
पुछ्न् नपर्ने सायद कहिकतै छैन होला ।
यहाँ त खुशी पनि पुछिदो रहेछ
हामी कोही पनि छैनौ ,
सायद
जीवनभरी जीबित रहिरहन पाउने
मैले मेरो नाम र शंस्थालाई मात्र
जिवित गराउन खोजेकी हु ,
यहाँका अजम्बरी देउताले
मलाई त झन् कहिल्यै नमर्ने
मीठो उपहार दिनुभयो ।
म खुशी नै छु ।
मैले दुस्ख कहिल्यै मानिन ,
म आफू बेचिएर पनि अर्काको
खुशी फर्काउन दिनरात भनिन ,
आज
जिन्दगीले नै मलाई यस्तो ठाउँमा
ल्याएर फर्काइ दियो ,
न चल्न सक्छु
न बोल्न नै ।।।

दिप सागर पौडेल, पर्वत

Facebook Comments