Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पर्वत दुर्लुङ पहिरो : ८ जनाको शव भेटियो

Spread the love

पर्वत:पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ ।

गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो, आज बिहान थप ५ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका दिपा थापा, कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय खोजी तथा उद्दारमा खटिएका छ्न्। हिजो साँझ ६ बजे देखि झण्डै दुई घण्टा परेको मुसलधारे पानी पछि पहिरो गएको हो ।


Facebook Comments