Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

चिया

Spread the love

यो केवल शब्द होईन , यो सुन्तुष्टि हो ।
आगोको न्यानो रापले काउकुती लागाउदा मस्किएको त्यो गुलियो , दुधिलो पानीको आँतमा जब सुकिला ति चियाका पत्ताहरूले आफूलाई लिप्त बनाउदै घुलेर त्यसमा गाढा रङ्ग भर्छन् अनि मिठ्ठो महक छर्छन् , त्यो तरलको स्वादमा लठ्ठिएर मानिसको जीब्रोले मनमा दिने सन्तुष्टि जुन छ त्यो हो “चिया” ।

चिया केवल पिउने तरल पदार्थ होईन , चिया भावना हो ।
चिया कसैको जिन्दगीको मिठास हो ,
चिया कसैको जिन्दगीको खास हो ,
चिया प्रेम हो, प्रेम चिया हो ।

यो गीलासबाट , त्यो कपबाट
आहा!
यो आखैमा गढ्ने गाढा रङ्ग ,
त्यो दिलमै गढ्ने स्वाद सङ्ग,
ओठलाई धरि लोभ्याउँदै ,
जीब्रोको प्यास बुझाउदै ,
लडबडाउदै, खलबलाउदै ,
तातो बनाएर अन्तरमनलाई ,
ताकेर सिधै मनलाई ,
एक चियाको चुस्की घुटुक्क,
हाय!
स्वर्ग जान देह यहा किन फेर्छन् खोई ।
टाउको दुख्दा सिटामोल किन हेर्छन् खोई ।

मन खुसीले मात्तिदा चिया ,
मन दुखले आत्तिदा चिया ,
जिन्दगीले आश देखाउदा चिया ,
जिन्दगीले सत्यानाश गराउदा चिया ,
मिलनमा चिया ,
वियोगमा चिया ,
धनिको नि चिया ,
गरिबको नि चिया ,
ओहो यो चिया,
कस्तो कस्तोमा चिया
सबैभन्दा सस्तोमा चिया।

जीवन पनि चिया जस्तै न हो ।
अनि चिनि , चियापत्ति अनि आगो भावना जस्ता ।
त्यही दुध , त्यही पानी, त्यही चिनि , त्यही चियापत्ति , त्यही आगो , अनि चाहिएमा थोरै मसला ,
कसैले मन चोर्ने स्वाद पिलाउछन् ,
अनि कसैले खल्लो दिलाउछन् ।
सबै कुरा भइकन पनि हरेकले त्यही मिठास भर्न कहा सक्छन् र ,
चाहे चियामा होस् या जिन्दगीमा ।
तर चाहे थोरै होस् तर मिठ्ठो होस्
चिया अनि जिन्दगी।

प्रेमी चियाको हु
काम छुटाउने जाडो होस् या
गर्मीले होस् पसिना खलखल,
लाग्न चाहि कहिल्यै छोडेन
कप तातो चियाको तलतल।
त्यसैले त जीवनको नारा एउटै छ
चाहे खुसी ,चाहे गम
रङ्ग कडा ,चीनि कम।।।

तुलसा खनाल, तेह्रथुम हाल सुन्धारा काठमाडौ

Facebook Comments