Thursday Feb 25, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

कोरोनाको भयमुक्त पार्ने गरी सुरक्षा रणनीति लागू गर्न डिआईजी कृष्णभक्तको निर्देशन (फोटोफिचर)

Spread the love

रसुवा : कोरोना कहरका विच सिमा नाका पर्ने जिल्लामा कार्यरत शसस्त्र प्रहरीहरुको मनोबल थप उच्च बनाउने सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय¸ चितवनको पहिलो चरणको जिल्ला दौडाह अभियान सकाएको छ ।

वागमती प्रदेशमा पर्ने गढिमाई बाहिनीको कार्यक्षेत्र भित्र पर्ने भारतीय सिमावर्ती ईलाका चितवनको माडी सिमा नाकाबाट सुरु जिल्ला दौहाड अभियान चीनसगँ सिमा नाका जोडिएको रसुवामा आई आफ्नो अभियान सकाएको हो ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे शहरका टोल टोलदेखि दुर्गम गाउँमा शसस्त्र प्रहरीले सचेतना जारी राख्दै सिमा नाक सिलदेखि सुरक्षा थप मजबुत बनाउन गढिमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) कृष्ण भक्त ब्रम्हचार्य आफै फिल्डमा पुगेर निर्देशन समेत दिएका हुन् । वागमती प्रदेश अन्र्तगत चितवन र रसुवाका क्रमश भारत र चीनसगँ जाडिएका जिल्ला हुन् ।

अभियान अन्र्तगत विभिन्न जनमुखी कार्यलाई अभियानकै रुपमा लिएर गढिमाई बाहिनीले जिल्ला दौडाह अभियान विगत दुई महिना अघिदेखि तीव्र पारेको थियो ।

सिमा नाकासगैँ यि जिल्लामा अन्य सुरक्षा निकायसगँको सहकार्य गरेर सुरक्षा फौज थप गरि कडाइसगैँ सिमा लक गराईएको थियो । सिमा नाकामा पर्ने सिमा स्तम्भहरुको समेत स्थलगत निरीक्षण गरिएको थियो । शसस्त्र प्रहरीले ३ तहको सुरक्षा निकायको सहकार्यमा २४ घण्टा खटिएर कडा निगरानी जारी राखेको गढिमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ९डिआईजी० कृष्ण भक्त ब्रम्हचार्यले बताउनुभयो ।

अयिभानकै क्रममा ब्रम्हचार्यले शसस्त्र प्रहरी बल नेपाल, नं। २० गुलम हेटक्वाटर रसुवा र चीनसगँ सिमा जोडिएको टिमुरे नाका स्थित शसस्त्र प्रहरी वल नेपाल नं. २१ गुल्म ९राजश्व भन्सार गस्ती सुरक्षा० टिमुरेको स्थलगत निरीक्षणसगैँ विशेष निर्देशन पनि दिएका थिए ।

सुरक्षा निकायहरुकै समन्वय भएका कारण रसुवा हालसम्म कारोना मुक्त जिल्ला बनाउन सशस्त्र प्रहरीको यि दुई गुल्मले खेलेको भूमिका खुलेरै उहाँले प्रशंसा गर्नुभएको थियो । 

‘ यो बेला सुरक्षा सबैभन्दा ठूलो चुनौती हो,’ उहाँले भन्नुभयो, ‘ यो कोरोनाको भयमुक्त पार्ने गरी सुरक्षा रणनीति अपनाएका छौं ।’ साथै आफै सिमामा पुग्दा, हाम्रा सुरक्षाकर्मीहरुको मनोवल उच्च राख्ने अभियान सफल भो ।

यस्तै उहाँले निरीक्षणका क्रममा रसुवामा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिनुभएको थियो ।  शसस्त्र प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत थप निर्देशन दिनुभएको थियो ।

उहाँले शसस्त्र प्रहरी जहिले पनि विपद्को वेला अग्रस्थानमा रहि सेवा गरिरहेको स्मरण गर्दै उच्च सर्तकता अपनाउदै कारोना विरुद्धको अभियानमा लाग्न निर्देशन दिनुभयो । यस्तै उहाँले उच्च मनोवलका साथ सशस्त्र प्रहरीले फेरि आफ्नो बहादुरी देखाउने वेला आएको बताउदै कोरोना विरुद्धको अभियानलाई आफु सुरक्षित, संयमित भई थप प्रभावकारी रुपमा परिचालित हुन थप निर्देशन दिनुभयो । साथै उहाँले चिलिमे र रसुवा गढी जलविद्युत् आयोजनाको बारेमा स्थलगत निरीक्षण पनि गर्नुभएको थियो ।

सो अवसरमा नं. २० गुल्मका गुल्मपति (शसस्त्र प्रहरी नायब उपरिक्षक) किरण पौडेल र नं. २१ गुल्मका गुल्मपति (शसस्त्र प्रहरी नायब उपरिक्षक) लक्ष्मण थापा मगरले कार्य प्रगति विवरण र सुरक्षा अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

Facebook Comments