Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

यादहरु (कविता)

Spread the love

आँखाभरी एक थान खुशि लिएर तिम्रो
समीप आउनै खोज्दा ।
मुटुमा बाण तेर्सियो मन उथलपुथल भयो
रात चकमन्न भयो
मुहार त तिम्रो उज्यालो थियोे
मेरा सपनाहरू पनि उज्याला थिए
जसरी त्यो सिउदोमा अर्कैको सिंदुर
सजिएको थियोे मेरा रहरहरु पनि
त्यसरी नै सजिएका थिए ।
मेरो मलिन अनुहारले तिमिलाइ केही
प्रश्न गर्न सकेन तिम्रो पहिरनले सबै उत्तर
हरु बताइसकेका थिए
बिगतमा राम्चेको डिलमा बसेर दुबैले
रचेका ती कल्पनाहरु अहिले हाम्रो
सामु नै आत्महत्या गरिरहेका छ्न
आकाश तिर फर्केर तिम्रो तस्बिर
नियाल्दै थुक घुटुक्क पार्दै
आँखा चिम्म गरेर हेर्दा
तिमी पर पुगेको देखे
मेरा नयनबाट समुन्द्रका छालहरु
बर्सिरहे ।
बगिरहे
मात्रै फरक यत्ती रहेछ तिमी
खुसीमा बगिरह्यौ म तिनै
यादहरुमा बगिरहे ।

दिप सागर पौडेल, पर्वत

Facebook Comments