Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्यु, पाँच गम्भीर घाइते

आदर्श खबर,अर्घाखाँची : अर्घाखाँचीमा सोमबार भएको जीप दुर्घटनामा तीनको मृत्यु भएको छ। कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको जीप दुर्घटनामा परेको हो। लु१ज ४३२९ नम्बरको जीप दिउँसो करिब सवा १ बजे अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको […]

महरा प्रकरणको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीलाई प्रचण्डको अनुरोध

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा निष्पक्ष छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई आग्रह गरेका छन्। […]

करेन्ट लागेर श्रीमान-श्रीमतीसहित तीनको मृत्यु

धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा […]

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको […]

नवलपुरमा ३ दुर्घटनाः ६ जनाको गयो ज्यान, २२ जना घाईते

खगेन्द्र पराजुली,  ०७ असोज, नवलपुर ।गएराती र आज मंगलवार बिहानै नवलपुरका ३ स्थानमा छुट्टाछुट्टै दुर्घटना भएका छन् । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने २२ जनाभन्दा बढी घाईते भएको जिल्ला प्रहरी […]

बसले ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन: चितवनमा यात्रु बसले पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । भरतपुर २९ मा पर्ने नारायणगढ मुग्लिङ सडक खण्डको भतेरीमा यात्रु बसले ठक्कर दिएपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको […]

कपास उद्योगमा आगलागी

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आज बिहानै आगलागी भएको छ । भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ः०० बजे सल्किएको आगो फैलिएर पुराना […]

अफगानिस्तान द्वन्द्व: तालिबानको भीषण हमलामा अस्पताल ‘ध्वस्त’, १५ जनाको मृत्यु

तालिबान विद्रोहीहरूले दक्षिणी अफगानिस्तानको एउटा अस्पतालबाहिर विस्फोटन गराउँदा कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ। सो घटनामा विस्फोटक पदार्थले भरिएको एउटा ट्रक प्रयोग भएको रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले राजधानी काबुलमा समाचार संस्था रोएटर्सलाई बताएका […]

सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना

सिन्धुलीमा बुधबार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन्। काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस […]

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल […]